व्यवहार र आदर्श
कलियुगको अग्रगमन संगै आज समाजमा विद्यमान हरेक क्षेत्रहरुमा काम भन्दा कुरा ज्यादा, देखाउने दांत चपाउने भन्दा बेग्लै तथा नक्कली खोले ओढेर भित्र बोक्रे व्यवहार भए नि बाहिर खोक्रो आदर्श बिकाउने खेल भैरहेको छ।
म यहाँ कुनै व्यक्तिविशेष लाइ आक्षेप लगाउन चाहन्न। मा चाहन्छु कि मेरो भानैबत कसैको व्यक्तिगत जीवनमा बाधा न आओस किनकि मेरो नजरमा नराम्रो र राम्रो केवल द्दृष्टिकोण को भिन्नता हो। फलस्वरूप म यो आलेखमा कसैलाई पनि व्यक्तिगत आक्षेप नआउने किसिमको उदाहरण दिन चाहन्छु - अल्छी को आदर्श!
आज होस् या हिजो, नेपालि समाजमा भोलिवाद त्यसरी नै व्याप्त छ जसरि त्यो बेलामा भैरव अर्यालले "जय भोलि" निबन्ध लेख्दा थियो। अल्छिपनको बिभत्स शिकार भैसकेको त्यसबेलाको समाजलाई नजिकबाट नियाल्ने मौका र बुझ्ने दृष्टिकोण पाएका निबन्धकार अर्याल ले भोलिबाद आक्रान्त समाजलाई बदल्ने ठोस र उपयुक्त उपाय नदेखेर व्यंग्य निबन्धमर्फत आफ्नो निराशा व्यक्त गरेका थिए।
भोलिवादले यसरी जरो गाडेको हाम्रो समाजमा अल्छीपना व्याप्त हुनु कुनै नौलो कुरा होइन। तर यत्रो गम्भीर बिषयलाई भैरव अर्याल आदिले दशकौं अगद्दिदेखी उठान गरिसकेको भए पनि यस्तो महत्वपूर्ण बिषयलाई हामीले जानीजानी नजरअन्दाज गरेको गम्भीर कुरालाई सजिलै पचाउन सामान्य हाज्मोलाले पुग्दैन।
आज समाज खोक्रो बनावटी तथा देखावटी आदर्शले दुर्गन्धित भैसकेको छ। आडम्बर नभरिएको ठाउ देख्न पनि गाह्रो छ। जो चोर उसकै ठुलो स्वर भने जस्तै जो सबभन्दा बढी अल्छी हुन्छन तिनै मान्छे हरु ले भोलि वादको विरुद्ध मा वकालत गरिरहेका छन् । तिनै आल्छिहरुले सबैलाई कर्मयोगको उपदेश दिदै हिडिरहेका छन् ।
र यो एउटा उदाहरण मात्र हो, हाम्रो समाजका हरेक क्षेत्रमा यस्तै खोक्रो आडम्बर बोक्नेहरुको कमि छैन।
त्यस्तै कहानी भ्रष्टाचार र सदाचार को छ । सबैभन्दा खराब आचरण भएको ले सदाचार को कुरा गर्छ। जसले घूस लिएको रकम गंदगंदा औलामा ठेला परिसक्यो उसले घुस लिनु अपराध हो भन्दै कुर्लिन्छ। जसले आफ्नो संस्कार र संस्कृतिको जगेर्ना गर्न सक्दैन त्यसैले अरुलाई संस्कृतिको महत्वको पाठ पढाइरहेको छ।
सुशासनको अवस्था हेर्यो भने अझै दयनिय छ।
एउटा विधाको समस्या उदाहरण दिएर साध्य होला, सम्पूर्ण विधा त उल्लेख गरेर नि साध्य छैन।
शिक्षा, स्वास्थ्य, समाज, संस्कार, राजनीति, साहित्य , मित्रता, भवन, प्रेम, सौन्दर्य के मात्र आफ्नो प्राकृतिक आदर्शबाट चुकेको छैन आज? हुदा हुदा अब त विज्ञान पनि खोक्रो भैदेला कि भन्ने प्रश्न उठ्न थालिसकेको छ।
घोर बिडम्बना !
आज त्यस्तै अवस्था समाजका हरेक आदर्शको भएको छ।
कार्ल मार्क्स ले त्यसै भनेका रहेनछन -
"सिद्धान्तका पारखीहरु व्यवहारका पाखण्डी हुन्छन।"
मैले यसो भनिरहदा, अरुलाई आलोचनाको आँखाले हेरिरहदा र मेरा हातका टाइप गर्न नजाने औलाहरुमा ठेला पारिपारी अरुलाई गालिका शब्दहरु कम्प्युटरको भित्ताभरी कुरुप बुट्टाले पोतिरहदा म पनि नजानिँदो ढंगले त्यस्तै पाखण्ड र आडम्बर को हिस्सा भैसकेको छाल पाउदैछु।
मलाइ थाहा छ, समाजलाई विवेकशील बनाउन कसैलाई दोष र आरोप थुपारेर हुदैन।
पहिले आफु सच्चिन सिक्नुपर्छ।
अनि सच्चिन सक्नुपर्छ।
अनि सच्चिनुपर्छ।
मैले, अनि तपैले, अनि हामी सबैले!
अनि बल्ल समाज बाटखोक्रो आडम्बर र आदर्शको नक्कली खोल हटाउन सम्भव हुनेछ।
मेरो सानो प्रयास स्वरुप आफुलाई सदैव विवेकशील राख्ने सचेत प्रयास गर्नेछु। तपाइँ पनि गर्नुहोला।
धन्यवाद!

5 days ago submitted a 카지노사이트 request through the use of 'trace your deposit'. I guess they figured it out how you can have a fighting probability to win whenever you stop a spin. Navigate to your casino pockets, and choose the foreign money you’d prefer to bet with.
ReplyDelete