प्रतिज्ञा र म

"प्रतिज्ञा" अर्थात् वाचा ! कसैलाई आशा तथा विश्वास दिलाउने सबैभन्दा सशक्त माध्यम ! युगौदेखिको ठग हरुको एउटा हतियार !
तर प्रतिज्ञा अरुलाई मात्र गरिन्न।  सबैभन्दा बढी प्रतिज्ञा मानिसले आफैसंग गर्छ।  अबदेखि मा यस्तो गर्नेछु, उस्तो गर्नेछु, यो गर्ने छैन, त्यो गर्ने छैन।
यस्तो गर्नु राम्रो पनि हो।  प्रतिज्ञा ले मानिसलाई बाटो देखाइरहेको हुन्छ।  उसको लागि एउटा पथ निर्माण गर्दछ।  तर बिडम्बना आजकल मानिसहरु लाइ प्रतिज्ञाको मूल्य थाहा छैन।  सबैले क्षणिक खुशी हेर्छन।  सबैलाई अल्छी गरि बस्न सजिलो लाग्छ र त्यहि रमाइलो लाग्छ।
यो मेरो आफ्नो पनि यथार्थता हो जसबाट कमसेकम म चाहि मुक्त हुन चाहन्छु।
मार्क ट्वाइन ले भनेजस्तै प्रतिज्ञा तोड्न लाइ गरिन्छ , कसम तोड्न लाइ खाइन्छ भन्ने कुरा मा विश्वास गर्नु मेरो रहर होइन बाध्यता हो।
म फेरी पनि आफैसंग प्रतिज्ञा गर्न चाहन्छु, म अब कहिल्यै अल्छी गर्ने छैन किनकि मलाई थाहा छ अल्छि नै मेरो सबैभन्दा ठुलो दुश्मन हो।
अब यो प्रतिज्ञा मात्र रहेन, यसले युद्धको रुप लिइसक्यो किनकि यसले कसैको भविस्य निर्धारण गर्ने छ।

हेर्दै जाउँ यो युद्ध कसले जित्छ : अल्छिले या मैले!

Comments

  1. Mobile compatibility was a much-needed development, contemplating that the number of players who go to on-line casinos on their mobile devices increases yr after yr. Aside from the flexibility, technological developments also pave the best way|the way in which} for studios that aren’t afraid to push the boundaries of creativity. Tablet on line casino apps enable you to} play with real money ought to reward you for choosing them. All our featured websites offer a variety of|quite so much of|a big 바카라사이트 selection of} enticing bonuses which might be} obtainable from the second that you sign-up.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

मन परेकी केटि: भाग १

This is why you shouldn't believe in horoscopes