मन परेकी केटि: भाग २

अँ मैले मेरो कथा भन्दै थिएँ।
अलिकति पर पुगेपछि गाडीले पहिरोको डरले सडक छोडेर नदि किनारको बगर भएर जानु पर्थ्यो। उबड्खाबड बगरमा गाडी धेरै नै हल्लियो, यात्रुहरु एकछिन अस्थिर भए। तर खुट्टा अस्थिर भए नि हातको भरमा म अझै नियन्त्रण भित्रै थिएँ। अकस्मात मेरो शरीरलाई एउटा अनियन्त्रित शरीर ले धक्का दिन पुग्यो। मैले मेरो नियन्त्रण गुमाएँ तर शरीरको होइन, मनको।  मेरो जिउले उसको भार थामिरहेको थियो तर मनले त आफ्नै  नियन्त्रण गुमाउला जस्तो भैसकेको थियो।
(पढ्नुहोस भाग १ )

दस कक्षा पढ्ने बेलासम्म एउटै उमेरका बिपरित लिंगी संग राम्रो संग कुरा कानी नि नगरेको, कहिले कहिँ एउटै बेन्चमा बस्न मन लागिहाले पनि सथिभैले जिस्काएर जिनाहराम गर्देलान भन्ने दरले कहिल्यै हिम्मत नगरेको तोर्पे केटाले सहर गएर १०+२ पढ्ने बेलामा पुरै रुपान्तरण भएर आउछ भन्ने सोच्न पनि सकिन्नथ्यो।
खैर जे होस् मा त्यसरी गाडीमा यात्रा गर्दै थिएँ र अकस्मात मेरो भर्खरको किशोर शरीरले नवयौवनाको शरीरको बाहिरी स्पर्श अब्नुभाव गर्न पुग्यो। त्यो सब सडकको बाबजुद भएको थियो र कसैले गर्न अखोजेको पटक्कै थिएन भन्ने कुरा हामि दुवै जनालाई थाहा थियो।
छिनछिनमै गाडी राम्ररी कुद्थ्यो, छिनमै हावाले कासको फुल हल्लाएजस्तो उभिएका यात्रुहरुलाई हल्लौथ्यो र एकअर्कालाई जुध्नुसंम जुधाउथ्यो।  एकैछिन पछि हामि एउटा बस स्टेसनमा पुग्यौ र केहि लोकल यात्रुहरु ओर्लिए जसका कारण बसमा उभिनेहरुलाई अलि फराकिलो ठाउ भयो।  एक त लोकल बसको कशिल्यै सफा नगरेको थोत्रो तथा उल्टी गन्हाएको सिटको दुर्गन्ध, त्यसमाथि राम्ररी स्वास सम्म फेर्न नमिल्ने गरेर कोचाकोच।  बसमा सास्ती त व्याख्या गरिनासक्नु थियो नै त्यसमाथि यो सबै कारणले गर्दा भित्रका हरेक यात्रुलाई वाकवाकी लागिरहेको थियो।
अलिकति थातु कम  भएपछी ती नव यौवना ले गाडीको केविन को छेउमा उल्टो फर्केर बस्ने सिट पाइन् र पाउनासाथ थचक्क बासिन र केहि नभनी भिरेको झोला खोलेर त्यहाबाट एउटा किताब निकालेर खोलिन र खै के हो कुन्नि पढ्न थालिन्।
अघि नै देखि मेरो मन अस्थिर पारिसकेकी तिनले मेरा नजर नि कतिखेर चोरेर आफैतिर लागिसकेकी रहिछिन भन्ने मलाइ हेक्का नै थिएँ।  मा त उभिएर टोलाएर केवल तिनलाई मात्र हेरिरहेको रहेछु
to be completed

Comments

Popular posts from this blog

मन परेकी केटि: भाग १

This is why you shouldn't believe in horoscopes