पापी समय

पापी समय
मैले
साथी भेट्छु भन्दा,
तैँले
आफ्नो नभएको व्यस्तता देखाइस
आँफै बितेर गइस
तर काम हुन दीनस्
दुनियाको लागि
भ्यालेन्टाइन बनेर आइस्
मेरो लागि फगत एक स्वादहिन हप्ता!
कैले
सरकारी कर्मचारीको चाकरी गर्न पठाइस्
कैले
भोलि त काम हुन्छ भन्दै झुलाइस्
मित्र बनाउँछु भन्दा
आफू गइस
मलाई झुट बोल्न लगाइस्!

२०७५.११.०३
रोज शुभम्।

Comments