मरूभूमि

अनायासै।

अनायासै आज खै कहाँबाट मेरो मष्तिष्क को दियो निभेजस्तो लाग्यो। खै किन हो चारैतिर अन्धकार मात्र देख्दछु।

मेरा यी आँखाहरू मात्रै दिग्भ्रमित हुन् कि साँच्चै नै मेरो हृदय एक मरूभूमि तुल्य भइसकेको हो।

मेरो हृदय किन किन झन् झन् रित्तो हुँदै गयो खाली हुँदै गयो बुझ्न हम्मे परिरहेछ।

कविता लेख्ने कविजस्तो होइन, प्रेम गर्ने प्रेमिका जस्तो कोमल यो हृदय आज न त कोमलिकाको कोख जस्तो छ न त कल्पनाशीलता ले भरिपुर्ण नै।

अस्तित्व नै नभएको जीव जस्तो सुख्खा उजाड यो मन आज धरिधरी रुन सक्छ न त हाँस्न नै।

अफ्रिकाको सहारामा पानी भेटिएला तर मेरो मनमा प्रेम पाउन आज ठूलै कुवा उत्खनन गर्नुपर्ने अवस्था छ।

हो, म आज एक जिउँदो मरूभूमि भएको छु।

Comments

Popular posts from this blog

मन परेकी केटि: भाग १

This is why you shouldn't believe in horoscopes